वीरगञ्ज – कोरोना भाईरस महामारी नियंत्रण गर्न वीरगञ्ज महानगरको कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (NEFSCUN) फिल्ड कार्यालय पर्साले सहयोग गरेको छ ।
विभिन्न सहकारी संस्थाहरूले सहयोग गरेको ८८ हजार १ सय रूपैयाको चेक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(NEFSCUN) का संचालक हरेराम प्रसाद पटेलले महानगरका प्रमुख विजय कुमार सरावगीलाई हस्तांतरण गरेका थिए ।
अहिलेकाे अवस्थामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागी सबै संघ ,संस्थाहरूले महानगरपालिका लाई सहयोग गर्नु पर्ने कार्यक्रममा उपस्तिथ राष्ट्रिय सहकारी बिकाश बोर्डका संचालक सदस्य शम्भु प्रसाद गुप्ताले बताउनु भयो।
चेक हस्तान्तरण कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बराल , बिस्को साकोसका अध्यक्ष डिल्ली बिक्रम कार्की र बृजेश गुप्ता लगायतको उपस्तिथि रहेको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: