मनपरी गर्न पत्रकारलाई अवरोध गर्ने प्रसाशनको रणनीति, महासंघले गरायो खबरदारी

वीरगञ्ज – आफनो मनपरी गर्न पर्साका प्रसाशनिक निकायहरू बाट पत्रकारहरूलाई अवरोध गर्ने कार्य भएको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर आपती जनाउदै खबरदारी गराएको छ ।

कार्यवाहक अध्यक्ष अनुप तिवारी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, समाजको आईनाको रूपमा रहेका पत्रकार जगतलाई जनतालाई शु-सुचित गराउने अधिकार बाट बञ्चित राख्न तथा आफनो मनपरी गर्नलाई प्रहरी प्रसाशनले पर्साका पत्रकारलाई अवरोध गर्ने रणनीति लिएकोले त्यस्तो नगर्न चेतावनी दिईएको छ ।

दुर्भाग्यवस हाम्रा दुई साथी नारायणी अस्पतालको आइसोलेशनमा कोरोनालाई पराजित गर्न संघर्षरत हुनु हुन्छ । उहाहरूको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी गराउदै पुर्ण स्वास्थ्य लाभको कामना पनि गर्दछौ । उहाहरू त्याहा पुगेपछि आईसोलेशन वार्डको व्यथा,पीडा र अव्यवस्थत्तामा सुखद परिवर्तन भएको सर्वत्र चर्चा छ विज्ञप्तिमा जनाईएको छ।

पत्रकार पुगेपछि सम्बन्धित निकायको गैरजिम्मेवारी , भ्रष्टाचारी, लापरवाहीको अन्त हुँदै स्थिती सुधारोन्मुख हुन्छ भन्ने कुराको यो उदाहरण मात्र हो । तर अहिले स्थानिय प्रशासन र सरकारले पत्रकारलाई आवश्यक समाचार संकलनमा अवरोध पुर्याई आफु मनपरि गर्ने दाउमा रहेको अवस्था छ । हामी सबै एकजुट भई यस बिकट अवस्थामा नागरिकका लागि खबरदारी गरौ ।

अतिआवश्यक भिजुवल, तस्विर लगायतका समाचार सामग्री लिनु पर्ने भएमा मात्र घरबाट निस्कौ र सवारीको प्रयोग गरौ । आफु सुरक्षित र सतर्क भएर भिडभाड नहुनेगरि संचारकर्ममा पत्रकारहरू खटिएको अवस्थामा स्थानिय प्रशासनले अवरोध सृजना नगर्न पनि चेतावनी सहित अनुरोध गर्दछौ ।

अहिलेको महामारीमा कसरी आफु,समाज र राष्ट्रलाई सुरक्षित राख्न सकिन्छ , र कोरोनाका कारण उत्पन्न अवस्थालाई वयवस्थापन गर्न गराउन हाम्रो पहलकदमी आवश्यक रहेको छ । साथै यस असहज अवस्थामा पर्सामा प्रहरीको अलोकतान्त्रिक प्रवृत्तिका कारण झनबढी त्रासको स्थिति बन्दै गएको छ ।

पत्रकार तिवारी यादवको घटना सम्बन्धमा पत्रकार महासंघले सुरू गरेको आन्दोलन प्रतिकुल अवस्थाका कारण केही दिनका लागि सुस्त भएपनि दोषी प्रहरी उपर छानबीन गरि कार्यवाही गर्न हाम्रो मांग यथावत नै रहेको जानकारी विज्ञप्ति मार्फत गराईएको छ।

परस्थिती अनुसार आन्दोलनको शैली मात्र परिवर्तन गरि आफुलाई अनुकुल हुने गरि आ-आफनो संचार माध्यम,समाजिक संजाल तथा वर्तमान अवस्थामा सरकारले गरेको लक डाउनको पुर्ण पालना गर्दै घर वा एकान्तबास बाटै आन्दोलन जारी राख्न सबै संचारकर्मी मित्रहरूलाई अनुरोध गरिएको छ ।

error: Content is protected !!