प्रहरीको बहादुरी : दुध किन्न आएका बृद्धको असईले खुट्टा भाचेँ

वीरगञ्ज – लकडाउन उल्लंघनको नाममा पर्सामा सर्वसाधारणलाई प्रहरी बाट अमानवीय व्यवहार तथा कुटपिटको घटना बढिरहेको छ ।

आज मात्रै दुध किन्न घरबाट निस्केका एक बृद्ध लाई बसपार्कमा डिउटीमा खटिएको प्रहरीले अमानवीय व्यवहार गर्नुको साथै लठ्ठिले हानेर खुट्टा भाचिदिएका छन ।

बसपार्क नजिकै घर रहेको नेपाल टेलिकॉम बाट सेवानिवृत्त भईसकेका ६७ वर्षीय नागेन्द्र पटेलले आफनो नातिनीको लागी दुध किन्न नजिकैको पसलमा जान लागेको उनलाई डिउटीमा रहेका नेपाल प्रहरीका असई लालबाबु साहले निर्घात कुटेका थिए ।

प्रहरीको कुटाईबाट पटेल सोही ठाउ ढलेपछी उनलाई चिन्ने छिमेकीले देखेर घर सम्म पुर्याएका थिए ।

घरमा पुग्दा पनी दुखाई कम नभएपछी उनलाई नेशनल मेडिकल कलेज लगिएको थियो ।

त्यहाँ डाक्टरले प्रहरीले पिटेको ठाउमा एक्सरे गर्दा घुडामुनीको हड्डी भाचेको देखिए पछी उनको दाहिने खुट्टाको पलास्टर गरिएको थियो ।

अतिआवश्यक काम बिना घरबाट निस्केर लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरी कानुनी कार्यवाही गर्नुको साटो प्रहरीबाट अमानवीय व्यवहार तथा कुटपिट हुनु प्रहरी बाटनै कानुन उल्लंघन गर्ने काम भएको हुदा त्यस्ता प्रहरीलाई अविलम्ब कार्यवाही गर्न आम नागरिकको मांग रहेको छ ।

error: Content is protected !!