वीरगञ्ज — सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो ।
आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ ।
सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।
पर्सामा मात्रै ९१ जना कोरोना संक्रमित रहेका छन । लकडाउनलाई थप प्रभावकारी बनाउन पर्सामा लगाईएको निषेधाज्ञाका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै
गएको छ ।
लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।
छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।
यसमा तपाईंको प्रतिक्रिया: