नारायणी अस्पतालको आइसोलेसन बाट दुईजना कोरोना संक्रमित भागे

वीरगन्ज — नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् ।

शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अस्पतालकाे आइसोलेसनबाट दुईजना फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको बताइन् ।

अस्पताल स्रोतका अनुसार सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुवै संक्रमित फरार भएका हुन् ।

मंगलबार पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

error: Content is protected !!