पत्रकार कुटिएको विषय संसदमा उठ्यो, दोषी प्रहरीलाई कार्यवाही गर्न सांसद कर्णको मांग

वीरगञ्ज – पर्सा प्रहरीले पत्रकारमाथि गरेकाे दुर्ववहारकाे प्रतिनिधिसभा संसदमा समेत प्रवेश पाएकाे छ ।

नेकपाकी सांसद पुष्पा कर्ण कायस्थले पर्साका पत्रकारहरू माथि प्रहरीले गरेकाे दुर्व्यवहारका कारण पत्रकार महासंघ पर्सा तीदिनदेखि अान्दाेलनमा रहेकाेले दाेषी प्रहरीलाई तत्काल कारवाही गर्न माग गर्नुभएको छ ।

संसदमा चलिरहेकाे बजेट अधिवेशनकाे सिद्धान्त र प्रिबजेट छलफलका क्रममा बाेल्द‌ै सांसद कर्णले पर्सामा पत्रकार, अाैषधि व्यावसायी, चिकित्सक, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग गर्नुभएको हाे ।

उहाले विश्वमहामारीकाे रूपमा फैलिएको काेराेना संक्रमणले तराई मधेसमा पारेकाे प्रभावकाे बारेमा सरकारकाे ध्यानाकर्षण समेत गराउनुभयाे ।

error: Content is protected !!