नेपालमा एकैदिन ५७ संक्रमित थपिए, पर्सामा मात्रै ३९

वीरगञ्ज। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । देशभर संक्रमित हुनेको संख्या १९१ पुगेको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

error: Content is protected !!