प्रहरी दमन विरुद्ध दोस्रो दिन पत्रकारहरूद्वारा धर्ना, सिडियोलाई ज्ञापन बुझाईयो

वीरगञ्ज – पर्सामा बढ्दो प्रहरी दमन विरुद्ध नेपाल पत्रकार महासंघ पर्साले आज दोस्रो दिन धर्ना सहित सिडियोलाई ज्ञापन पत्र बुझाएको छ ।

पर्सामा श्रिंखलाबद्ध रूपमा पत्रकार उपर राज्य नियन्त्रित सरकारी निकायबाट भइरहेको अमानवीय व्यवहार विरुद्ध पत्रकार महासंघले घोषणा गरेको आन्दोलन अन्तर्गत आज दोस्रो दिन पनी घण्टाघरमा एक घण्टा धर्ना दिनुका साथै जिल्ला प्रसाशन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा पत्रकारमाथी विभिन्न बहानामा दुख दिने, पक्राउ गर्ने तथा कुटपिट गर्ने काम प्रहरी बाट भएकोले पत्रकार तिवारी यादवको घटनामा पनी कुटपिट गर्नुको साथै मोबाइल फोन समेत नियन्त्रणमा लिएर राखेकोले यस्को अविलम्ब छानवीन गरी दोषी प्रहरी माथी यथासिघ्र कार्यवाही प्रक्रिया अगाडी बढाउन मांग गरिएको छ ।

ज्ञापन पत्र बुझाउदै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले पर्सा प्रहरीद्वारा गरिएको अमानवीय व्यवहार माफी योग्य नरहेकोले पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई निलंबन गरी विभागीय प्रक्रिया अगाडी बढाउन तिन दिनको अल्टिमेटम दिएका थिए ।

तिन दिन भित्र पर्साका पत्रकारहरूको मांगको सम्बोधन नगरिए व्यवसायीक पत्रकारहरूको हकहितको लागी देशव्यापी रूपमा चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने र यस्को सम्पुर्ण जिम्मेवारी स्थानीय प्रसाशनले लिने अध्यक्ष बन्जाराले चेतावनी समेत दिएका थिए ।

error: Content is protected !!