आज एकैदिन २४ जनामा देखियो कोरोना, संक्रमितको संख्या १३४ पुग्यो

वीरगञ्ज – नेपालमा साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

साेमबार बिहान १० र दिउँसाे १ जना गरी ११ जनामा संक्रमण पुष्टि भएकाे थियाे । अहिले पुनः १३ जना थपिएपछि देशभर संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ।

error: Content is protected !!