प्रहरी दुव्र्यवहार विरुद्ध पर्साका पत्रकारहरुद्वारा घण्टाघरमा धर्ना

वीरगन्ज : प्रहरीद्वारा पत्रकारलाई दुव्र्यवहार गरिएको विरोधमा पर्साका पत्रकारहरू वीरगञ्जको घण्टाघरमा धर्ना दिएका छन ।

नारायणी एफ एम तथा नया पत्रिका दैनिक पर्साका सम्वाददाता समेत रहेका पत्रकार तिवारी यादवलाई विना कारण दुव्र्यवहार गर्नुको साथै कुटपिट गरि मोबाइल फोन समेत नियन्त्रणमा लिएको विरुद्धमा पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्सेली पत्रकारहरूले वीरगञ्जको घण्टाघरमा धर्ना दिएका हुन ।

लकडाउनको पालन गराउने नाउमा पर्सामा प्रहरीको ज्यादती बढिरहेको छ यो सह्य हुदैन पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताए।

समाजका क्रिम फिगर रहेका व्यक्तिहरूलाई प्रहरीले निशाना बनाएर अमानवीय व्यवहार देखाएको उनले आऱोप लगाए ।

कानून पालन गराउने प्रहरीद्वारा नै वर्दीको आडमा धाधली देखाउने कार्य भएको हुदा घटनामा संलग्न प्रहरी उपर अविलम्ब कार्यवाहीको मांग गरे ।

पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले दोषी प्रहरीमाथी कार्यवाही नभए सम्म पत्रकारहरूको आन्दोलन नरोकिने बताए ।

कोरोना भाईरस महामारी बाट लड्न अग्रपन्तीमा खटिरहेको डाक्टर, बैकंकर्मी,औषधि व्यवसायी र पत्रकारलाई लकडाउनको पालना गराउने नाममा बारम्बार प्रहरी बाट दुव्र्यवहारको शिकार भईरहेको भएर प्रहरीको गलत रवैया विरुद्ध पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको उहाले जानकारी दिनु भयो ।

धर्ना कार्यक्रममा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन,समाजवादी प्रेस युनियन , आदिवासी जनजाति पत्रकार संघ लगाएत विभिन्न संघ संगठनहरुले समर्थन जनाएका थिए ।

वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै मुल गेटबाट आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याएको थियो । प्रहरी कार्यालयमा लगेको ३ घण्टासम्म उनलाई प्रहरीले भ्यानमै राखेको थियो ।

पत्रकार यादव पक्राउ परेको खबर पाएर जिल्ला प्रहरी कार्यालयमा पुगेका पत्रकारहरुलाई यादवसँग भेट्न पनि प्रहरीले दिएको थिएन ।

एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर हातपात पनि गरेको पीडित पत्रकार यादवले बताएका थिए ।

error: Content is protected !!