प्रहरी ज्यादतीले सिमा नाघ्यो, पत्रकार पक्राउ विरूद्ध महासंघ आन्दोलित

वीरगन्ज : लकडाउनको पालन गराउने नाउमा पर्सामा प्रहरीको ज्यादती बढिरहेको छ ।

खास गरी वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरूको दुव्र्यवहारका कारण पर्सामा प्रहरी प्रतीको देख्ने रवैया बदलिएको छ ।

प्रहरी मेरो साथीको स्लोगन दिईए पनी साथीवत तथा मानवीय व्यवहार त परै जाओस आम नागरिक प्रतीको उनको व्यवहारले अत्याचारीताको सिमा समेत नाघेको कैयन घटनाले यही दर्साई रहेको छ ।

पत्रकारलाई प्रहरीको दुव्र्यवहार र दमनका विरुद्ध पर्साका पत्रकारहरु आन्दोलित बनेका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारमाथि प्रहरीले गरेको दुव्र्यवहार र दमनको विरोधमा प्रहरीको समाचार बहिष्कार गर्दै सोमबार बिहान ८ बजे घण्टाघर चोकमा धर्ना बस्ने घोषणा समेत गरेको हो ।

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादवलाई प्रहरीले पक्राउ गरेर हातपात गरेको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो ।

वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै मुल गेटबाट आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याएको थियो । प्रहरी कार्यालयमा लगेको ३ घण्टासम्म उनलाई प्रहरीले भ्यानमै राखेको थियो ।

पत्रकार यादव पक्राउ परेको खबर पाएर जिल्ला प्रहरी कार्यालयमा पुगेका पत्रकारहरुलाई यादवसँग भेट्न पनि प्रहरीले दिएको थिएन ।

एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर हातपात पनि गरेको पीडित पत्रकार यादवले बताए ।

यादवले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, गाली नगर्नुस् हामी हटाइहाल्छु भन्ने बित्तिकै एकजना असइले लछारपछार गर्दै गाडीमा हाले, भ्यानमा रहेका प्रहरी जवानले कुटपिट समेत गरे ।’ प्रहरी भ्यानमा हालेपछि प्रहरीले आफनो मोबाइल पनि खोसेको उनले बताए ।

error: Content is protected !!