मेरोमाइक्रो फाइनान्सद्वारा क्वारेन्टाइन व्यवस्थापनका लागी २५ हजार सहयोग

वीरगञ्ज – मेरोमाइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड वीरगञ्ज रामगढवा शाखाले कोरोना भाईरस महामारी रोकथामका लागी वीरगञ्ज महानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

महानगरको कार्यालयमा पुगेर शाखा प्रमुख चितरंजन कामतीले महानगर प्रमुख विजय कुमार सरावगीलाई २५ हजार रूपैयाको चेक हस्तांतरण गरेका थिए ।

वीरगञ्जको आर्दशनगर स्थित रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइन ब्यवस्थापनको लागि २५ हजार रूपैया सहयोग गरिएको शाखा प्रमुख कामतीले जानकारी दिनु भयो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत संस्थाले उक्त सहयोग गरेको हो ।

कोरोना भाईरसको प्रकोपलाई रोकथामको लागी, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नको व्यवस्थापनका लागि सहयोग गरिएको फाइनान्सले जनाएको छ ।

error: Content is protected !!