मकै तोडेको विषयमा झगडा मिलाउन ईप्रका कवही गोठमा सय बढीको भिड्मा छलफल

बारा । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध लड्न सरकारले देशभर लकडाउन लगाएर महामारी कम गर्ने उपायमा लागेको बेला सरकारी फरमान लागु गराउने निकायबाटै लकडाउनको धज्जी उडाउने कार्य भएको भेटिएको छ ।

घटना हो बारा जिल्लाको, ईलाका प्रहरी कार्यालय सर्वण गाउपालीका कवई गोठमा बुधबार १२ बजे देखी २ बजे सम्म करिब दुई घण्टा खेतमा फलेको मकै तोडेको विषयमा झगडा मिलाउन ईलाका प्रहरी कार्यालय सर्वण गाउपालीका कवही गोठले छेउमै रहेको तरकारी बजारमा सय जना भन्दा बढी व्यक्तीलाई बोलाएर दुई पक्ष विच छलफल गरिएको छ ।

इलाका प्रहरी कार्यालय कवही गोठको छेउमै रहेको तरकारी बजारमा प्रहरी नायव निरिक्षक जितेन्द्र झाले औरैया वडा नम्बर ५ को घटनालाई लिएर दुई पक्ष विच छलफलको लागी बोलाएका थिए ।

वडा नम्बर ५ बस्ने कपल यादवको छोरा भैँसी चराउन खेतमा गएको बेला छिमेकी विजय यादवको मकै तोडेका थिए । सोही विषयलाई लिएर कपलको छोरा र विजय यादवको छोरा विच झगडा भएको थियो ।

छलफलकै क्रममा एक स्थानीयले आम नागरिकले अन्य कुनै प्रयोजनका लागी २—३ जनाको भिडभाड गर्दा प्रहरीले लकडाउनको उल्लघंन गरेको कसुरमा पक्राउ गर्ने तर प्रहरी बाटै लकडाउनको उल्लघंन गर्ने काम हुदा के प्रहरी प्रसाशनलाई नियम कानुन लाग्दैन भनी प्रश्न गर्दा सई झा संग केही बेर भनाभन समेत भएपछि छलफल बिना कुनै निष्कर्ष टुंगिएको थियो ।

कोरोना विरुद्धको लडाईमा अग्रपंतीमा रहेर जनताको सुरक्षाका लागी दिन रात नगनी खटिरहेको सुरक्षाकर्मीको एकातर्फ देशभरी प्रशंसा भइरहेको अवस्थामा समान्य झगडाको विषयलाई लिएर सयौ व्यक्तीको भिड जमा गरेर गरिएको छलफलले झन कोरोना भाइरस संक्रमणको त्रास बढाएको स्थानीय बताउछन ।

धेरै व्यक्ती एकै ठाउमा जमा नहुनु घरमा सुरक्षीत रुपमा बस्नु भनेर एकातर्फ प्रसाशनले भनिरहेको छ तर प्रहरी प्रसाशन बाटै यस्तो नियम कानुन उल्लघंन गरेर सयौ व्यक्तीलाई बिना माक्स बिना कुनै सावधानी अपनाउदै छलफलको लागी भिडभाड गर्नाले के कोरोना भाइरस लाग्दैन एक स्थानीयले प्रश्न गरे ।

कोरोना भाईरसबाट बच्न सावधानी अपनाउन माक्स अनिवार्य प्रयोग गर्न सरकारले भनिरहदा सयौको विचमा छलफल गरिरहेका सई झा स्वयमले समेत माक्स लगाएको देखिदैन तस्बीरमा प्रष्ट देख्न सकिन्छ ।

कोरोना भाईरस रोकथामका लागी सरकारले लागु गरेको लकडाउन पालना गराउन बारा प्रहरी गम्भीर बन्न जरुरी रहेको छ ।

error: Content is protected !!