नारायणी अस्पताललाई समान्य अस्पतालको रूपमा सञ्चालन गर्न काँग्रेसको माग

वीरगन्ज । नारायाणी अस्पताललाई जेनरल अस्पतालको रुपमा संचालन गर्न माग गर्दै नेपाली काँग्रेस पर्साले आइतबार प्रर्दशन गरेको छ।

सरकारले नारायणी अस्पतालमा अस्थायी कोभिड अस्पताल स्थापना गरेको बिरोधमा नेपाली कांग्रेस पर्साले प्रदर्शन गरेको हो ।

चैत ३० गते विरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संघीय सरकारले नारायणी अस्पताललाई नै कोरोना उपचारको लागि लेभल टु अस्पतालको रुपमा घोषणा गरेको थियो ।

कोरोना संक्रमण नियन्त्रणको लागी संघीय सरकारले बनाएको स्वास्थ्य अनुगमन टोलीका पदाधिकारीहरुले नेशनल मेडिकल कलेजसंग अनैतिक गठजोड गरेर नारायणी अस्पतालाई कोभिड अस्पताल घोषणा गरिएको आरोप लगाइएको छ ।

सामाजिक दुरीलाई बेवास्ता गर्दै गरिएको प्रदर्शनमा नारायणी अस्पताललाई सामान्य रुपमा संचालन गर्न माग गरिएको थियो ।

error: Content is protected !!