मनकारी युवा – वैवाहिक वर्षगाँठको अवसर पारेर असहायलाई राहत वितरण गरे

बीरगञ्ज – कोरोना भाईरस रोकथामको लागी सरकारले लगाएको लकडाउनको आज ३८ औ दिन देशभरीको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

कोभिड-१९ कारण मानवजाति नै संकटपूर्ण अवस्था बाट गुज्रीरहेको यस संकटको घडीमा लकडाउन अर्थात बन्दा बन्दीको कारण उधोग कलकारखाना लगाएत सम्पूर्ण दैनिकी नै अस्त ब्यस्त भएको यस समयमा दैनिक रुपमा काम गरेर साझँ चुलो बाल्ने परिवार सबै भन्दा बढी प्रभावित भएका छन ।

सरकारले राहत पनी वितरण गरिरहेको छ तर जरुरत मंद भन्दा पनी कार्यकर्ता लाई मात्र सरकारी राहत वितरण भएको भन्दै धेरै ठाउहरुमा विवाद समेत भएको छ ।

धेरै जसो ठाउहरुमा अहिले पनी असहायहरू राहतको पर्खाइमा रहेका छन । गरिब असहायहरुलाई पहिचान गरी एक युवकले आफनो वैवाहिक वर्षगाँठको अवसर पारेर आज राहत वितरण गरेका छन ।

समाजसेवामा सदैव अग्रपन्तीमा रहेर काम गर्दै आएका मनकारी युवा वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी प्रदिप कुमार कुशवाहा र उहाको श्रीमती संगीता कुशवाहाले आफनो १६ औ“ वैवाहिक वर्षगाठको अवसर पारेर राहत बितरण गरेका हुन ।

वैवाहिक वर्षगांठको अवसरमा भोज भतेर अथवा अन्य कुनै कार्यमा पैसा खर्च गर्नुभन्दा लकडाउनको कारण दैनिक छाक टार्न समेत समस्या देखिएको आफनो टोल छिमेकको असहाय परिवारलाई राहत वितरण गर्ने निधो गरेको प्रदिप कुशवाहाले बताए ।

सोही अनुरूप आज वैवाहिक वर्षगाँठको दिन ४१ परिवारलाई राहत वितरण गरेको उनले जानकारी दिए ।

सहयोग गर्ने धेरै शैली हुनसक्छ तर अन्य व्यक्तिलाई पनी मेरो यस कार्यबाट प्रेरणा मिलोस भनेर गरिएको उनले सुनाए ।

कुशवाहाले ४१ परिवारलाई चामल, दाल, नुन, तेल, आलु, सोयाविन र बन्दा काउली वितरण गरेका थिए ।

error: Content is protected !!