पेट्रोलियम ट्याङकरमा लागुऔषधको तस्करी, चालक सहित ट्याङकर नियन्त्रणमा

बीरगञ्ज – हेटौडा उप महानगरपालिका वडा नम्बर १५ पुर्व पश्चिम लोकमार्गको रातोमाटे बाट प्रहरीले लागुऔषध सहित ट्याङकर चालकलाई पक्राउ गरेको छ ।

लकडाउनको मौका छोपी लागुऔषधको तस्करी गरेको आरोपमा ट्याङकर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ४ घर भई जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका ४ डेरा गरी बस्ने बर्ष ३३ को मान बहादुर थोकर पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर बाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले रक्सौल तर्फबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नम्बरको डिजेल लोड रहेको ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको लागु औषध विनसिरेक्स १ सय एम एलको १५५ वटा बोतल फेला परेको प्रहरी निरीक्षक कुशवाहाले बताउनु भयो ।

लागुऔषध सहित पक्राउ परेका ट्याङकर चालकलाई नियन्त्रणमा लिएर थप आवश्यक कार्यवाही भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!