कालिकामाईमा धारिलो हतियार प्रहारबाट दुई घाईते

बीरगञ्ज – कालिकामाई गाउपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा धारिलो हतियार प्रहारबाट दुई जना सख्त घाईते भएका छन् ।

स्थानिय बिकाउ ठाकुरले रक्शी सेवन गरि धारिलो हतियार प्रहार गर्दा सुजायत मिया र उनको बुहारी सख्त घाईते भएकी हुन ।

ठाकुर र मियां छेमिकै नै रहेको र गत अाइतवार उनिहरू बिच समान्य घरायसी बिवाद भएको थियो । विवाद साम्य भएपनि अाज एक्कासी बिकाउ ठाकुरले रक्शी पिएर मातिए पछि मियांको घरमा छिरेर गडासीबाट सुजायतको टाउको र उनको बुहारीको पिठ्युमा प्रहार गरेका थिए ।

हिजो राती ठाकुरले मियाको घरमा छिरेर घारिलो हतियार प्रहार गरेपछि छिमेकीहरू जुटदा ठाकुरले नलकटुवा निकाली स्थानियलाइ तर्साएका थिए ।

बिकाउ ठाकुर यसअघि पनि दर्जनो चोरी र डकैटीका घटनामा संल्गन रहेका छन ।

तत्कालिन माअोवादी र मधेशवादी भुमिगत संगठनको नाममा ठाकुरले विभिन्न व्यक्तिलाई धम्की र लुटपाट गरेको प्रहरी रेकर्डमा दर्ज रहेको छ ।

घटना पश्चात् स्थानिय कालिकामाई ईलाका प्रहरी कार्यालयको टोलीले ठाकुरलाई नियंत्रणमा लिएको छ ।

मिया र उनको बुहारीलाई उपचारको लागि बिरगन्ज पठाईएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!