लकडाउनमा सिंघम सईले पक्राउ गरे २५ हजार किल्लो छोकडा सहितको ट्रक

वीरगञ्ज— आफनो काम र नामले बेला बखत चर्चामा रहने सई बैधनाथ दास एक पटक पुन आफनै कामले चर्चामा आएका छन ।

वीरगञ्जको मुख्य भन्सार नाकामा पर्ने प्रहरी चौकी इनर्वाको प्रमुखको रुपमा कार्यभार सम्हालेको एक हप्ता नवित्दै सिंघम नामले चर्चित सई दासले लकडाउनको मौका छोपी तस्करी गर्न लागिएको २५ हजार किल्लो छोकडा सहितको ट्रक पक्राउ गरेका छन ।

वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ रजतज्यन्ती चौकबाट आईतबार रातीको ९ बजेको समयमा ना ५ ख ९८५९ नम्बरको ट्रक वीरगञ्ज तर्फबाट दक्षीण भारत तर्फ जान लागेको अवस्थामा रजतज्यन्ती प्रहरी पोष्ट पार गर्न खोजेपछि सोधपुछ र चेकजाच गर्ने क्रममा ट्रकमा लोड गरिएको अवस्थामा ५० किल्लोको बोरामा ५ सय बोरा अर्थात २५ टन छोकडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छोकडाको ट्रक सहित प्रहरीले ट्रकको ड्राइभर वीरगञ्ज १६ बस्ने विशाल क्षेत्रीलाई पनि पक्राउ गरेको छ ।

परवानीपुर स्थित रहेको सत्यम एग्रो प्रालीबाट वीरगञ्ज २ छपकैयामा रहेको कैलाश कोल्ड स्टोरका लागी खरिद गरिएको छोकडा लकडाउनको आडमा भारत तर्फ निकासी गर्न खोजिएको एक प्रहरी अधिकृतले बताए ।

गाडीको सिसामा अगाडी अति आवश्यक खाद्यान्य समाग्री भनेर फोटोकपी पेपरमा टाँस गरिएको छ । छोकडा सहितको ट्रकलाई अति आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

निडर स्वभाव भएको कारणले सई दासलाई पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले मुख्य भन्सार नाका पर्ने प्रहरी चौकी इनर्वाको प्रमुखको जिम्मेवारी दिएको प्रहरी स्रोतले जनायो ।

error: Content is protected !!