लकडाउनमा लागुऔषधको तस्करी, प्रहरी चौकी इनर्वाद्वारा एकजना पक्राउ

वीरगञ्ज, १४ वैशाख । लकडाउनको मौका छोपी लागुऔषधको तस्करी गरिरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा २ छपकैया बस्ने वर्ष २३ को शेख सफरोज रहेका छन ।

प्रहरी चौकी ईनर्वा बाट प्रहरी नायव निरीक्षक बैधनाथ दासको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज रक्शौल जोडने मितेरी पुल पुर्वको बाटो हुदै पैदल वीरगञ्ज तर्फ आइरहेको सफरोजलाई शंक्राचार्य गेट अगाडी शंकालागी चेकजाच गर्दा सेतो झोला भित्र लुकाई छिपाई ल्याइएको प्रतिबन्धीत लागुऔषध कोरेक्श १२ बोतल, नाइट्रोभ्याट टयाबलेट १५ पीस र सिम्पलेक्स क्यापसुल १६ पीस बरामद गरिएको प्रहरी नायब निरिक्षक बैधनाथ दासले बताउनु भयो ।

बरामद लागुऔषध सहित सफरोजलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी नायब निरिक्षक दासले बताउनु भयो ।

 

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!