पर्सा – आइसोलेसनबाट ४ जना डिस्चार्ज, कोरोना संक्रमणबाट १६ जना निको भए, ५१ संक्रमीत

वीरगञ्ज १४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चार कोरोना संक्रमितको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आए पछि उनिहरुलाई आज डिस्चार्ज गरिएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय नागरिक र एकजना नेपाली युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो ।

योसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । तीन जना भारतिय र एक जना नेपाली रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो ।

२४ घण्टाको फरकमा गरिएका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज (आइतबार) ५ बजे डिस्चार्ज गरिएको छ्र । तीन जना भारतियहरुलाई वीरगञ्जको मुस्लिम समाजलाई जिम्मा लगाइएको हो ।

२४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

error: Content is protected !!