वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

वीरगञ्ज – वीरगञ्ज महानगर पालिकामा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का दुई ५० वर्षिय पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका वडा नम्बर २ र ३ का दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ५० वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकाको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन उनलाई प्रहरीले नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको छ ।

अर्का वीरगञ्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुष हुन उनलाई प्रहरीले नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको छ ।

पर्सा जिल्लाका सहायक प्रजिअ ललित बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगञ्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ । जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको देखियो ।

error: Content is protected !!