१० डिआईजीको पदस्थापन, प्रदेश २ मा धिरज प्रताप सिंह

बीरगञ्ज । एसएसपीबाट डीआईजीमा बढुवा भएका १० डीआईजीको पदस्थापन भएको छ । मन्त्रीस्तरको वैशाख ७ गतेको निर्णयले १० जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले उनीहरूलाई आजै दर्ज्र्यनी चिह्न प्रदान गरे ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेश वसन्त लामा, गण्डकी प्रदेश धनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, प्रकाशजंग कार्की प्रहरी एकेडेमी र अरुण बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

यसअघि सीआईबीमा रहेका डीआईजी नीरज शाहीलाई प्रहरी प्रधान कार्यालय र प्रदेश दुईमा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा लगिएको छ । प्रहरीमा जनपदतर्फ १४ डीआईजी छन् ।

error: Content is protected !!