अवैध सतिसालको काठ सहित समिल संचालक पक्राउ

बीरगञ्ज – बीरगञ्जको एक समिल तथा फर्निचर उधोगमा लुकाई छिपाई राखेको सतिसालको काठ सहित प्रहरीले संचालक लाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समिल संचालक बीरगञ्ज – १० घडिअर्वा बस्ने वर्ष ३७ को हिरामन शर्मा रहेका छन ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १० सिर्सिया बाईपास रोड स्थितमा रहेको जगदिश एण्ड व्रदर्श स.मिल तथा फर्निचर उधोगमा लुकाई छिपाई राखेको अवैध सतिसालको काठ अं.१३ क्यु फिट (१२६ पिस) फेला परेपछी संचालक शर्मालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

उधोग संचालक शर्मालाई काठ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला वन कार्यालय पर्सा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!