लकडाउनबाट प्रभावित छपकैयाका विपन्न परिवारलाई राहत वितरण

बीरगञ्ज – लकडाउनबाट प्रभाबित परेका छपकैयाका बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको छ ।

बीरगंज महानगरपालिका वडा नं-१ का वडा अध्यक्ष मनोज प्रसाद गुप्ताको अगुवाईमा बजार छपकैयाका विपन्न परिवारलाई राहत स्वरूप खाधान्न समाग्री वितरण गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण राेकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारलाई चिन्हित गरेर राहत वितरण गरिएको वडा अध्यक्ष गुप्ताले जानकारी दिए।

राहतका लागि वडामा रहेका ३६ सय देखी ४ हजार घरधुरी अति विपन्नको पहिचान गरि ५ सय ३२ जना परिवारहरुलाई राहत वितरणको काम भैरहेको वडाध्यक्ष गुप्ताले बताउनु भयो ।

राहतमा प्रति परिवार १५ किलो चामल,१ किलो दाल, १ प्याकेट नुन, १ प्याकेट खाने तेल, र ३ पिस साबुन वितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।

वडामा रहेका विपन्न परिवारको पहिचान र राहत वितरणका लागि विभिन्न दलका प्रतिनीधि, शस्त्र, प्रहरी र जनप्रतिनीधिहरुको वडा स्तरिय सर्वदलिय समिति बनाई बितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।

राहत वितरण कार्यमा वडाध्यक्ष गुप्तासहित वडा सदस्यहरु र छपकैयाका चौकी इन्चार्ज बिनोद राणा लगायतको सहयोग रहेको स्थानीय युवा सानु कुमार साहले बताए।

error: Content is protected !!