श्री साई ड्रिकिंगले अग्रमोर्चामा खटिएका सुरक्षाकर्मिलाई निशुल्क पानी उपलब्ध गराउने

बीरगञ्ज – कोरोना भाईरस रोकथामको लागी सरकारले लगाएको लकडाउनको पालना गराउन अग्रमोर्चामा खटिएका सुरक्षाकर्मिका लागी श्री साई ड्रिकिंग वाटरले निशुल्क पानी उपलब्ध गराउने भएको छ ।

बीरगञ्ज आदर्शनगर स्थित कार्यालय रहेको श्री साई ड्रिकिंग वाटर इन्डस्ट्रीजले सुरक्षाकर्मिहरूको स्वास्थ्यको ख्याल राख्दै निशुल्क रूपमा स्वच्छ पानी उपलब्ध गराउने श्री साई ड्रिकिंग वाटर इन्डस्ट्रीजका सेल्स मैनेजर ओम कुमार झाले जानकारी दिनु भयो ।

विश्व नै त्रसित बनेको कोरोना भाइरसको यस महामारीको बेला हाम्रो सुरक्षा र स्वास्थ्यका लागी अग्रपन्तीमा आएर खटि रहनुभएका सुरक्षाकर्मी, प्रहरी र नेपाल आर्मीका जवानहरुलाई वहाँहरूको स्वास्थ्यको ख्याल राखी हामीले निशुल्क पानी उपलब्ध गराउने निणर्य गरेको सेल्स मैनेजर झाले जानकारी दिए ।

लकडाउनको बेला सहयोग गर्ने हाम्रो सानो प्रयास अन्तर्गत हामीलाई निम्न ९८५५०३५४१७ र ९८०२९६०९५८ नम्बरमा सम्पर्क गरेर कुनै पनि बखत पानी लिएर जान सक्नु हुनेछ झाले भने।

error: Content is protected !!