कोरोना रोकथाम कोषमा ‘जय गणेश बचत सहकारी’ द्वारा १५ हजार सहयोग

बीरगञ्ज – जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगन्ज ,पर्साले कोरोना भाइरस संक्रमण रोकथाम , नियन्त्रण तथा उपचार कोषका लागि रु १५ हजार सहयोग गरेको छ ।

सहयोग स्वरुप १५ हजारको चेक आज संस्थाका प्रबन्धक रामबाबु चाैधरीले वीरगन्ज महानगर पालिकाका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका थिए ।

विश्वत्रसित महामारी कोरोना भाइरसको संक्रमणबाट बचन र बचाउनका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले उक्त रकम सहयोग गरीएको , चेक हस्तान्तरण कार्यक्रममा उपस्थित मैनेजर क्लब पर्साका अध्यक्ष जीसनु बरालले बताउनु भयो ।

चेक बुझ्दै मेयर सरावगीले सहयोगको लागि जय गणेश बचत तथा ऋण संहकारी संस्था परिवारलाई धन्यवाद दिनुभएको थियो ।

साथै आगामी दिनमा पनि यसरी सहयोग प्राप्त भईरहाेस भन्ने विश्वास समेत व्यक्त गर्नुभएको थियोे ।

राष्ट्रिय सहकारी विकास बाेर्डका संचालक सदस्य तथा जय गणेश बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष शम्भु प्रसाद गुप्ताले सहयोग बारे जानकारी गराउदै प्रदेश भरीका सहकारीहरूले अा अाफ्नाे सम्बन्धित स्थानीय सरकार मार्फत सहयोग र सेवामा जुटन् अपिल गर्नु भयो ।

सो अवसरमा जिल्ला कृषि सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष शिव कुमार साह लगायतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!