अवैध रूपमा संचालित मदिरा भट्टी प्रहरीद्वारा नष्ट

बीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा अवैध रूपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्बर ७ बस्ने प्रभु साह कलवारको घरमा लुकाई छिपाई घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा भट्टी नष्ट गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

भठ्ठीमा तयारी कच्चा पदार्थ अं.२००० लिटर, मदिरा तयार पार्न राखिएको कालो सख्खड (मिठा) ४ बोरा सहित भाडाकुडा लगायतका सर-समानहरु स्थानीय भद्र भलादमीको रोहब्बरमा नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!