कोरोनाबाट संक्रमित हुनेको संख्या ३० पुग्यो, आज एकै दिन १४ संक्रमित

बीरगञ्ज, ५ बैशाख । उदयपुरमा १२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा र चितवनमा दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।

उदयपुरको मस्जिदमा बसेका १२ जना भारतीयहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ ।

चिवतनमा पनि दुई जनामा आज कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि जारी गरेको सचूनामा भनिएको छ,”हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ।

जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै
पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) रहेका छन ।

error: Content is protected !!