कोरोना त्रासले बन्द बीरगञ्जका खाधान्न पसल बिहीबार बाट खुल्ने

बीरगञ्ज – कोरोना संक्रमित भेटिएपछी बन्द भएको बीरगञ्जका अतिआवश्यक खाधान्न समाग्री पसलहरू भोली बिहीबार बाट खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार साँझ सूचना जारी गर्दै औषधि ,खाद्यान्न, किराना, तरकारी,दुध, ग्यासलगायतका पसलहरु खोल्न पाइने जानकारी दिएको हो।

यसका लागि प्रशासनले बिहान जतिसक्दो सबेरैदेखि बिहान ७ बजेसम्म मात्र खोल्न पाइने जनाएको छ भने औषधी पसल २४ सै घण्टा खोल्न सकिनेछ।

खाद्यान्न तथा तरकारी पसलहरु बन्द भएसँगै यहाँको जनजिवन प्रभावित भएपछि बिहीबारदेखि तोकिएको समय सिमामा पसल सन्चालन गर्न दिइने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्धारा जारी सो सूचनामा तोकिएको अत्यावश्यक वस्तुहरु बाहेकको पसलहरु बाहेक साँधुरा गल्लि, ठेलागाडा र चोकहरुमा भने बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सूचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ।

error: Content is protected !!