वीरगन्ज,चैत २९ । वीरगन्ज महानगरपालिकाले राहत बितरण कार्यलाई तिब्रता दिएको छ ।
नगर प्रमुख बिजय कुमार सरावगीको विशेष पहलमा महानगरपालिकाको निर्णय अनुसार सबै वडामा राहत बितरण कार्यलाई प्राथमिकता दिदै राहत बितरण कार्यलाई अगाडि बढाइएको हो ।
यसै गरी शनिबार दिउसो महानगरपालीकाको वडा नम्बर २५ मा पनी राहत बितरण गरिएको छ ।वडा अध्यक्ष विश्वराज राउत कुर्मिको विशेष उपस्थितीमा मौजे श्रीसिया र भन्सार टोला श्रीसियामा रहेका ३०८ परिवारलाई राहत सामग्री बितरण गरिएको छ ।
प्रत्येक परिवारलाई १५किलो चामल,डेढ किलो दाल,१ लिटर तेल र नमकको पाकेट सहितका समग्रीहरु बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
उक्त वडामा रहेको वाकि २वटा रोल, ड्राइपोर्ट र खलवाटोल श्रीसियामा आइतवार राहत बितरण गर्ने कार्यक्रम रहको जनाइएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: