कोरोना त्रासका बिच अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीको तलब काट्नु अनुचित

बीरगञ्ज । देशमा आईपर्ने हरेक विपतको घडीमा ढाल बनेर अग्रपन्तीमा रहेर आम नागरिकको जिवन रक्षाको लागि खटिएको सुरक्षाकर्मीको तलब काटिने निर्णयको चौतर्फी आलोचना हुन थालेको छ ।

नेपाल प्रहरीको मुख्यालयले अधिकृतस्तरका प्रहरीको केही तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको हो।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो।

दिनरात ड्युटीमा खटिने प्रहरीको तलब काटेर निरुत्साहित गर्ने मात्र काम भएको कतिपयको गुना सो छ। न्यून तलबमा विपतसँग जुध्न अग्रमोर्चामा खटिरहेका सिपाहीको तलब भत्ता बढाउनुपर्ने माग प्रहरी सँगठनभित्र उठिरहेको छ।

सरकारले कोरोना भाइरस रोकथामको लागि खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने बताएको थियो। उक्त निर्णय कार्यान्वयन गर्नुको साटो हेडक्वार्टरले तलब कट्टा गर्न पत्राचार गरेको हो।

error: Content is protected !!