सांसद प्रदीप यादवद्वारा नारायणी अस्पताललाई आईसोलेसन वार्ड हस्तान्तरण

बीरगंज ,चैत्र २२ । पर्सा क्षेत्र नम्बर १ का माननीय सांसद प्रदिप यादवले आफ्नो सक्रियतामा २४ घण्टामा २० बेडका अलमुनियम र ग्लास बाट निर्मित आईसोलेसन वार्ड निर्माण गराई अस्पतालका मे.सु लाई हस्तान्तरण गरेका छन् ।

वीरगन्ज स्थित नारायणी अस्पताल यस क्षेत्रका बिरामीहरुको भरोसाको केन्द्र बिन्दु रहेको भएता पनि संघीय सरकार र प्रदेश सरकारबाट हालसम्म कोरोना नियन्त्रणको लागी कुनै पनि ठोस प्रकारका सहयोग प्राप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनु भयो ।

मे.सु. कै आग्रह बमोजिम सांसद यादवले आफ्ना हितैसि रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुप तथा लायंस क्लबको सहयोग लिएर बनाइएको २० बेड को आईसोलेशन वार्ड १० लाखको लागतमा निर्माण गरिएको छ ।

आइसोलेशन वार्ड पुर्णरुपमा आज बाट सन्चालनमा आएको सांसद यादवले अस्पतालमा उपस्थित रहेका संचारकर्मिहरुलाई बताउनु भयो ।

आफुसंग जनताको सेवा गर्ने मन भएपनि प्रयाप्त धन नभएको भन्दै सांसद यादवले धनकै कारण जनताको काम कुनै हालतमा नरुकने र धन भएका साथीसंगीहरुको ठुलो जमात आफुसंग भएकोले जनहितमा लागी रहने बताउनु भयो ।

यस्तो कार्यमा आफू तन मन धनले जति सक्दो हुन्छ आफू सदैब तयार रहेक साँसद यादबले बताउनु भयो।

निजि अस्पतालहरुले कुनैपनि बिरामी भर्ना नलिएको कारण सुनसान रहेका अस्पतालका भेन्डिलेटरहरुलाई नारायणीमा ल्याउन सरकार तथा सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!