खाद्यान समाग्री सहित मास्क वितरण गर्दै वडा नम्बर १२ , ३ सय परिवारलाई राहत

वीरगञ्ज — वीरगञ्ज महानगरपालीका वडा नम्बर १२ ले फरक शैली अपनाउदै टोकन प्रणाली मार्फत ३ सय परिवारलाई राहत वितरण गरेको छ ।

राहत वितरणका क्रममा क्रममा वीरगञ्जका विभिन्न ठाउहरुमा विवाद भएपछि विवाद रहित राहत वितरण गर्न टोकन प्रणाली मार्फत यस वार्डका अति विपन्न दैनिक ज्यालादारी गरेर जिवनयापन गर्ने ३ सय परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष रामदरश कुशवाहाले जानकारी दिनु भयो ।

कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले देशभर लकडाउन गरेपछि दैनिक काम गरि साझ खानाको जोहो गर्ने गरिब असहायलाई समस्या हुन थालेपछि महानगरले आफनो सबै वडाहरुमा नगद तथा खाद्यान समाग्री पठाएर अति विपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेपछि यस वार्डमा पनि राहत वितरणलाई निरन्तरता दिइएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिनु भयो ।

वडाले वितरण गरेको राहत पैकेटमा चामल ५ किलो, दाल ५ सय ग्राम, आलु १ किलो, तेल २ सय ग्राम, नुन १ किलो र प्रत्येक व्यक्तिलाई मेडिकल मास्क १ थान वितरण गरिएको संघिय सांसद प्रदिप यादवका संसदिय प्रतिनिधि घन्श्यामबाबु गुप्ताले जानकारी दिनु भयो ।

पहिलो चरणमा ७० जना, दोस्रो चरणमा ७० जना र तेस्रो चरणमा ३ सय परिवारलाई राहत वितरण गरिएको समाजवादी पार्टीका युवा नेता समेत रहेका गुप्ताले बताए ।

आवश्यक्ता हेरी अगामी दिनमा पनि राहत वितरण कार्यक्रमलाई निरन्तरता दिईने वडा कार्यालयले जनाएको छ ।

error: Content is protected !!