वीरगञ्ज – कोरोना भाईरस रोकथामको लागी चेकजाचमा सहयोग पुर्याउन ब्रिटेनिया नेपालले नारायणी अस्पताल लाई २८ थान पिपीई सहयोग गरेको छ ।
विश्व भरी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमित नेपालमा पनी ६ जनामा देखिएकोले संक्रमित व्यक्ति लाई चेकजाच गर्नलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ता स्थित रहेको ब्रिटेनिया नेपाल प्रालीले २८ थान पिपीई नारायणी अस्पताल लाई हस्तान्तरण गरेको हो ।
३ लाख ५० हजार बराबरको २८ थान पिपीई नारायणी अस्पतालका मेडिकल सुपरीटेंडेंट मदन उपाध्यायलाई ब्रिटेनिया नेपालका महा प्रबंधक प्रबोध खेरले हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा ब्रिटेनिया नेपालका फाईनेन्स मैनेजर मनिष गर्ग र एचाआर अफिसर मन्जूर आलम लगाएतको उपस्थिति रहेको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: