बजार छपकैयाका अति विपन्न परिवारलाई राहत वितरण

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा – १ बजार छपकैयामा गरीब तथा विपन्नलाई राहत वितरण गरिएको छ ।

विश्व व्यापी रूपमा फैलिरहेको (कोभिड-१९) अर्थात कोरोना भाईरस संक्रमण रोकथामको लागी सरकारले सावधानी अपनाउदै संक्रमण फैलिन नदिन देशैभरी लागु गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका गरीबहरुलाई छाक टार्न समस्या भएको देखेर छपकैया कै स्थानीयहरू मिलेर खाद्यान्न समाग्री सहयोग गरेका छन ।

करिब १ सय जनालाई वितरण गरिएको राहत समाग्री मा ५ किलो चामल , १ किलो आलु , १ किलो नुन , ५०० ग्राम दाल , २०० ग्राम तेल , १५० ग्राम स्वाबिन लगाएतका खाद्यान्न समाग्री रहेको सानु कुमार साह तेलीले जानकारी दिए ।

छपकैयाका नागरिक हरुको सानो प्रयासले भोकभोकै बसेका गरीब विपन्न परीवारलाई केही राहत महशुस भएको छ ।

error: Content is protected !!