युवाहरु द्वारा गरीब असहायलाई राहत बितरण

बीरगंज १९ चैत्र । कोरोना भाईरस रोकथामको लागी देशभर लकडाउन भएको कारण दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका गरीब असहायलाई युवाहरूले राहत वितरण गरेका छन ।

बुधवार बेलुका प्रहरी चौकी बसपार्कको सहजीकरणमा बिरगंज रानिघाटका युवाहरुले ५० जनालाई राहत स्वरूप खाद्यान्न समाग्री वितरण गरेका हुन ।

लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गर्ने तथा रिकसा चलाकहरुलाई राहत बितरण गरिएको हो।

नेपाल बिधार्थी संघ ठाकुराम एकाइ सचिव राज चैरसियाको पहल र रानिघाटका स्थानिय व्यापारी सन्जय कुमार कल्वारको सहयोगमा बिरगंजका अति विपन्न ५० रिक्सा चालकलाई खाद्यान्न बितरण गरिएको थियो।

राहत बितरण मा ५ किलो चामल १ किलो आलु र तेल ५०० ग्रमको पैकेट बनाइ बस पार्क , भिस्वा र पानीटंकी लगायतका ठाउमा बितरण गरेका थिए ।

राहत बितरणमा प्रहरी चौकी बसपार्क का इन्चार्ज प्रहरी नायव निरीक्षक बिजय शाही, युवाहरु चन्दन सिंह, मुन्ना सराफ , बिवेक चौरसिया ,मुन्ना गुप्ता , गैतम कर्ण , सोनु गुप्ता लागायतको सहभागिता रहेको थियो ।

error: Content is protected !!