सांसद यादवको पहलमा नारायणी अस्पतालमा २० बेडको आइसोलेसन वार्ड निर्माण गरिदै

वीरगन्ज,चैत १९ । संघीय तथा प्रदेस सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लगेका छन् ।

मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई सघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा जुटेका हुन ।

जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरको आर्थिक सहयोगमा लगभग १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गर्ने कार्यमा सांसद यादव लागी परेका हुन ।

सर्लाहि देखि पर्सा जिल्ला सम्मको रोगीहरुको चाप रहेको अस्पतालमा मात्र ५ वेडको आइसोलेशन वार्डले धान्न नसकने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि जनताका जिउधन रक्षाको लागी दाताहरुसगं अनुरोध गरेर आइसोलेशन वार्ड स्थापना गराउने कार्यमा जुटेको सांसद यादवले बताए ।

उनले भने दुबै सरकारले वीरगन्जलाई वेवास्ता गरेपछि जनताको ज्यान बचाउन उधोगी व्यापारीहरुको अगाडि हाथ फैलाएको छु ।

उहाहरुको आर्थिक सहयोगमा २४ घन्टा भित्र यो आइसोेलेश वार्ड जसरि पनि तैयार गरिने सांसद यादवको प्रतिवद्धा रहेको थियो ।

यसपछि कारोना रोगको चेकजाचको लागी शुक्रबार देखि सघर्षमा उत्रिने तैयारी जुटेको संचारकर्मिहरुलाई बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोक लगाए पछि रोगीहरुको चाप बढेको बताए ।

उनले भने भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकि देखिएपछि आइसोलशनमा राखिएको बताउदै वीरगन्जमा पनि कारोना चेकजाचको लागी आवश्यक उपकरणहरुको आवश्यकता रहेको बताए ।

error: Content is protected !!