कोरोना विरूद्धको लडाईमा पर्साबासीको साथ, ‘लकडाउन’को पालना गरिदै

श्याम कुशवाहा/वीरगञ्ज – विश्व मै महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना भाईरस बाट बच्न् तथा रोकथामको लागी सरकारले देशभर लागु गरेको लकडाउनको पर्सामा नागरिकहरू घरमै बसेर पालना गरिरहेका छन ।

आफना नागरिकको ज्यान बचाउन सरकारले सुरुमा एकसाता लकडाउन गरेको थियो तर कोरोना भाईरस संक्रमित बढ्न थालेपछी थप ८ दिन लकडाउन लगाएर मानिस आवत जावत रोकेर कोरोना विरूद्धको लडाईमा साथ दिन आम जन्ताले पनी लकडाउनको पालना गरिरहेका छन ।

हाल सम्म यस भाईरसको औषधि पता नलागेको ले विश्वमा अहिले कोरोना भाईरस बाट मर्नेको अवस्था भ्यावह छ त्यसकारण हाम्रो सरकारले लागु गरेको लकडाउन सही छ र यसको पालना हामी नागरिकले गर्नै पर्छ बीरगञ्ज – १२ का दिनेश साहले भने ।

कोरोना भाईरस मानिस बाट मानिसमा सर्ने भएको हुनाले एक अर्का संग केही मिटरको दुरी बनाएर बस्न डाक्टरहरूले भनिरहेका छन ।

लकडाउनको ८ औ दिन बीरगञ्ज सुनसान देखिएको छ । अतिआवश्यक काम बाहेक घर बाहिर सर्वसाधारण न निस्केको कारण चहलपहल देखिएको छैन ।

मुख्य तथा सहायक सडकहरूमा सुरक्षाकर्मिको बाक्लो उपस्थिति ले पनी मानिस आवात जावतमा कमी छ ।

सरकारले लागु गरेको लकडाउनको पालना गर्न हामी नागरिकको अधिकार पनी हो बीरगञ्ज – १३ का अमन अंसारीले बताए ।

महामारी बाट जोगिन सरकारले हाम्रै ज्यानको रक्षाको लागी देशभर लकडाउन लगाएको हो यो सबैले बुझ्नु पर्छ अंसारीले भने ।

अतिआवश्यक काम बाहेक घर बाहिर न निस्किन र घर मै सुरक्षित तरिकाले बसेर कोरोना भाईरस बिरूद्धको लडाईमा आ-आफनो ठाउहरुबाट सहयोग गर्न अहिलेको आवश्यकता हो ।

error: Content is protected !!