प्रहरीलाई ५० प्रतिशत भत्ता दिन गृहको प्रस्ताव

बीरगञ्ज। कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्यक्ष रुपमा खटिएका प्रहरीलाई ५० प्रतिशत भत्ता दिन गृह मन्त्रालयले प्रस्ताव गरेको छ ।

जोखिमको अवस्थामा नियमित भन्दा धेरै समय काम गर्नुपरेकाले उनीहरुलाई भत्ताको प्रस्ताव गरिएको हो ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ५० प्रतिशत भत्ता दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।

सरकारले यसअघि नै चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई भत्ता दिने निर्णय गरिसकेको छ ।

सुरक्षाकर्मीलाई यो अवस्थामा भत्ता दिने पक्षमा आफुहरु रहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु यतीबेला फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । एकातर्फ उनीहरुलाई कामको बोझ छ भने अर्काेतर्फ जोखिम पनि छ ।

उनीहरुलाई फिल्डमा उत्साहित गराउन भत्ता दिन लागिएको छ । साथै उनीहरुको २५ लाख रुपैयाँको जीवनबिमा समेत गर्ने निर्णय आइतबार मन्त्रिपरिषद्ले गरिसकेको छ ।

साथै सेनालाई पनि भत्ता दिन रक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

error: Content is protected !!