बीरगञ्ज – कोरोना भाईरसको त्रासको कारण घर घर मै मनाईएको छठपुजामा आज उदाउदो सुर्यलाई अर्घ्य दिए संगै छठपर्व सम्पन्न भएको छ ।
कोरोना भाईरस रोकथामको लागी सरकारले लागु गरेको लकडाउनको कारण छठ वर्तालुहरु घर घर मै छठपर्व मनाएका थिए।
हर्सोल्लास पुर्वक पोखरी , नदी किनार तथा तलाउमा पुगेर मनाईदै आईएको चैती छठपर्व विश्व मै महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको त्रासको कारण छठ वर्तालुहरु घर घर मै सिर्सोता बनाएर मनाए ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।
शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको मुख्य दिन ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिने प्रचलन रहेको छ ।
स्थानीय प्रशासनले कोरोना भाईरसको संक्रमण रोकथामको लागी घाटमा नगई घर घर मै छठपर्व मनाउन आग्रह थियो ।
यसमा तपाईंको प्रतिक्रिया: