कोरोना त्रास : घर भित्रै मनाईदै छठ , छत बाटै अस्ताउदो सुर्यलाई अर्घ्य

बीरगञ्ज – कोरोना भाईरस रोकथामको लागी सरकारले लागु गरेको लकडाउनको कारण धुमधामले मनाईदै आएको चैती छठपर्व प्रभावित बन्न पुगेको छ ।

हर्सोल्लास पुर्वक पोखरी , नदी किनार तथा तलाउमा पुगेर मनाईदै आईएको चैती छठपर्व विश्व मै महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको त्रासको कारण छठ वर्तालुहरु घर घर मै सिर्सोता बनाएर छठपुजा गरिरहेका छन ।

वर्तालुहरु घरको छत बाटै आज साझ अस्ताउदो सुर्यलाई अघर्य दिएका छन । भोली विहान उदाउदो सुर्यलाई अघर्य दिएपछि छठपर्व सम्पन्न हुने छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।

शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको मुख्य दिन ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिने प्रचलन रहेको छ ।

स्थानीय प्रशासनले कोरोना भाईरसको संक्रमण रोकथामको लागी घाटमा नगई घर घर मै छठपर्व मनाउन आग्रह थियो ।

error: Content is protected !!