नेपाल-भारत लकडाउन, बीरगञ्ज नाकामा हजारौँ भारतीय अलपत्र

वीरगन्ज १७ चैत । लकडाउनमा नेपालका विभिन्न क्षेत्रबाट घर फर्किन लागेका करिब ३ हजार भारतीय नागरिक वीरगन्ज रक्सौल नाकामा भोकभोकै अलपत्र परेका छन् ।

काठमाडौं, पोखरा , नारायणगढ लगायतका ठाउँबाट वीरगन्ज नाकाहुँदै घर फर्कि रहेका भारतीय नागरिकलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिए पछि उनीहरु अलपत्र परेका हुन् ।

विभिन्न ठाउँबाट सार्वजनिक बसमा आएका उनीहरु आइतबार राती वीरगन्ज आइ पुगेका भारतीयलाई वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा भारतीय सुरक्षाकर्मीले रोकेका हुन् ।

भारत छिर्न नपाएपछि मितेरी पुलमा करिब ३ हजार भन्दा बढी भारतीय भोकभोकै अलपत्र परेका हुन् ।

नेपाल र भारत दुवै देशमा लकडाउन भएकाले नाका आसपासमा किराना पसल पनि बन्दका कारण रातीदेखि भोकभोकै बसेको उनीहरुले बताएका छन्।

वीरगन्ज नाकाबाट पैदल हिँडेर रक्सौल जान खोज्दा मितेरी पुलमा ढाट लगाएर बसेका भारतीय सीमा सुरक्षा बल( बिएसएफ) का सुरक्षाकर्मीले छिर्न नदिएको बिहार मोतीहारीका राजेश सिंहले बताए ।

बिएसएफका जवानले माथिबाट आदेश नआएसम्म भारत छिर्न नदिने भन्दै मध्यरातदेखि मितेरी पुलमा रोकेर राखेको उनले बताए ।

error: Content is protected !!