महानगरले भन्यो : व्यक्ति वा संस्थाले चन्दा संकलन नगर्नु

वीरगंज, चैत्र १६ । कोरोना संक्रमण रोकथामको लागी सरकारले लागु गरेको लकडाउनको बहानामा सहयोग गर्ने भनेर व्यक्ति तथा संस्थाले चन्दा संकलन गरिरहेको प्रती वीरगञ्ज महानगरले गम्भीर ध्यानाकर्षण भएको छ ।

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना रोगको बहानामा कुनै पनि व्यक्ति वा संस्थाले चन्दा संकलन गर्न नपाउने बताउनु भएको हो।

मेयर सरावगीले विश्वव्यापी मानविय संकटको रुपमा रहेको कोरोना रोगको बहानामा केहि व्यक्तिहरुले मनोमानी रुपमा चन्दा संकलन गर्ने कार्य गरेको उजुरी महानगरपालिकामा प्राप्त भएकोले संघीय, प्रादेशिक वा स्थानिय निकाय बाहेक कुनै पनि व्यक्ति वा संस्थाले कुनै प्रकारको राहत कोष वा चन्दा संकलन गर्न नपाउने भनी सबै नगरबासीहरुमा अनुरोध गर्नु भएको छ ।

उहाँले कुनै पनि व्यक्ति वा संस्थाले यस कोरोना भाइरस महामारीको दुःखद घडीमा समुदायलाई सहयोग गर्न ईच्छुक भएमा वीरगंज महानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको ‘विपद व्यवस्थापन कोष’को खाता नम्बर १२५०३०५०४९४०३ मा आर्थिक सहयोग जम्मा गर्न अनुरोध गर्दै दैनिक उपभोग्य खाद्य लगायतका सहयोग सामग्रीहरु आम समुदायमा सहयोग गर्नुपर्ने भएमा सोझै वितरण नगरि वीरगंज महानगरपालिकाको कार्यालय मार्फत वा सिफारिस लिएर मात्र वितरण गर्न महानगरपालिकाले जनाईएको छ ।

error: Content is protected !!