कोरोना संक्रमीत बढेपछी ‘लकडाउन’ एकसाता थप्ने तयारीमा सरकार

काठमाडौं, चैत्र १६ । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

शनिबार थप एक जनामा कोरोना संक्रमण देखिएपछि संभाबित खतरालाई ध्यानमा राखेर मन्त्रिपरिषदको बैठकले लकडाउनको समय थप्ने तयारी गरेको बताइन्छ ।

error: Content is protected !!