‘लकडाउन’को पाचौँ दिन : आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गर्दै महानगर

वीरगन्ज,चैत्र १५ । दैनिक ज्यालादारी गरी परिवार चलाउने परिवारलाई आर्थिक अवस्थ कमजार भएका व्यक्तिहरुलाई वीरगन्ज महानगरपालिकाले आर्थिक सहयोगको अभियान सुरु गरेको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण अभियान सुरु गर्नु भएको छ कोरोना भाइरस अर्थात कोभिड(१९ संक्रमणको गम्भीरतालाई हेर्दै सरकारले लगाएको लकडाउनको कारण दैनिक जिवन बिताउन कठिन भएपछि खाद्यय सामग्री पर्दान गर्ने अभियान सुरु गरिएको हो ।

दिनभरि मिहिनेत गरेर परिवार चलाउने, रिक्सा चालक,ठेलाचालक,दैनिक ज्यालादारी गरी कमाउने लगयात निम्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न बस्तुको पोका बनाएर घरघरै बाड्न कार्यको नगर प्रमुख सरावगीले थालनी गर्नु भएको हो ।

शनिबार बिहान वडा नम्बर ३ र वडा नम्बर १२मा पुगेर दैनिक ज्यालादारी गरी घरपरिवार चलाउने आर्थिक अस्वथा कमजोर भएका २सय ५०व्यक्तिहरुलाई दैनिक उपभोग्य खाद्यय सामग्री बितरण गर्नुभएको हो ।

चामल ,दाल,नुन आलु,चाउचाउ,बिस्कुट लगायतका सामग्रीहरुको पकेट बनाएर नै बितरण गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

लकडाउनका कारण कमजोर आर्थिक अवस्था भएका परिवारहरुलाई दैनिक जिवन बिताउन कष्टकर भएकोले महानगरपालिकाका ३२बटै वडाहरुमा उक्त अभियान चलाउने उहाले जानकारी दिनु भयो ।

पहिलो चरणमा खाद्यय सामग्रीहरुको १०हजार ५०० पैकेट तैयार गरि बितर अभियान सुरु गरिएको र आवश्यकता अनुसार त्यसलाई निरन्तर्ता दिदै जाने नगर प्रमुख सरावगीको भनाइरहेको थियो ।

विरगञ्जको घण्टाघर, बसपार्क, माइस्थानलगायतका स्थानमा पुगेर युवाहरुले सो खाद्यय सामग्री वितरण गरेका हुन् ।

समाजवादी विद्यार्थीका केन्द्रिय सदस्य समेत रहेका निखिल बर्णवालको नेतृत्व र स्थानिय प्रहरीको सहयोगमा उक्त अभियान सुरु गरिएको हो ।

error: Content is protected !!