लकडाउनमा राष्ट्रिय युवा संघ नेपाल पर्साको सहयोग

वीरगञ्ज – लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ ।

संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने र अलपत्र परेकाहरुलाई सहयोग स्वरुप खाजा तथा खाद्यान्न समाग्री वितरण सुरु गरेको हो ।

युवा संघ पर्साका संयोजक मोहमद निजामुदिनको नेतृत्वमा वीरगन्जको बसपार्क, श्रीपुरको दलित वस्तीमा आज खाद्यान्न वितरण गरेको छ ।

युवा संघ पर्साले सामाजिक सञ्जाल फेसबुकमा सम्पर्क नम्बर नै राखेर खाद्यान्न सहयोगको अभियान नै थालेको हो ।

फेसबुकमा राखेको नम्बरमा खाद्यान्न अभाव भएको भन्ने कुनै जानकारी आए जहाँ खाद्यान्न अभाव भएको हो त्यही खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको पनि संघका पर्सा जिल्ला संयोजक मोहमद निजामुदिनले बताउनुभयो ।

सरकारले लक डाउन गरेकाले घरबाट बाहिर निस्कन सहज नहुने यो अवस्थामा खाद्यान्न अभाव हुनेलाई घरघरमै पुगेर युवा संघले सहयोग गर्ने उहाँले बताउनुभयो ।

भोकै र अलपत्र परेका व्यक्ति जो कसैले देखे आफूहरुलाई जानकारी दिन पनि युवा संघ पर्साले सामाजिक सञ्जाल मार्फत नै आह्वान गरेको छ ।

युवा संघ नेपालको केन्द्रीय सदस्य अरुण यादव, विमल पौड्यल, विकास रौनियार, पर्सा सह–संयोजक ओम प्रकाश गुप्ता लगायतको टोलि खाद्यान्न वितरण कार्यमा खटिएका छन् ।

error: Content is protected !!