लकडाउन बीरगञ्ज, गरीब असहायलाई स्थानीय युवाको सहयोग

बीरगञ्ज – लगातार चौथो दिनको लकडाउनका कारण दैनिक छाक टार्न समेत गरीब असहाय हरूलाई समस्या हुन थालेपछी स्थानीय युवाहरूको समुहले सक्रियता देखाएर खाद्यान्न समाग्री वितरण अभियान सुरू गरेका छन ।

विश्व व्यापी रूपमा फैलिरहेको (कोभिड-१९) अर्थात कोरोना भाईरस संक्रमण रोकथामको लागी सरकारले सावधानी अपनाउदै संक्रमण फैलिन नदिन देशैभरी लागु गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन चलाउदै आएको परिवारलाई चुलो बाल्न समेत समस्या हुन थालेको समाचार आएपछी स्थानीय युवा निखिल वर्णवालको सक्रियता मा खाद्यान्न समाग्री वितरण अभियान सुरू गरिएको हो ।

समाजवादी पार्टी विधार्थी युनियनको केन्द्रीय सदस्य समेत रहेका युवा नेता निखिल वर्णवाल सहित राजन गुप्ता, पुरुषोत्तम गुप्ता, मनिष गुप्ता, रोशन कलवार, निरज साह कानु र रोहित वर्णवाल लगाएतका युवाहरूले बिरगंजको भिष्वा, बसपार्क, पानीटंकी, पानमंडी, शिवा अस्पताल लगायतका बिभिन्न ठाँउमा पुगी प्रति व्यक्ति ३.५ किलो चामल,१/२ किलो दाल,१ किलो आलू , १/२ लिटर तेल,१/२ प्याज़, नुन र साबुनको एउटा राहत पैकेट वितरण गरिएको युवा नेता वर्णवालले बताए ।

अन्य ठाउहरूमा रहेका गरीब असहाय हरूलाई समेत लकडाउनको अवस्थालाई हेरेर थप सहयोग वितरण गर्ने काम जारी राख्ने उनले बताए ।

error: Content is protected !!