एनआईसी एसीया बैंकद्वारा सहायता केंद्र सञ्चालन

वीरगञ्ज – लकडाउनको अवस्थालाई मध्यनजर गर्दै एनआईसी एसिया बैंकले आफ्नो ग्राहकहरु लाई सेवा सुविधा दिन ग्राहक सहायता केन्द्र संचालनमा ल्याएको छ ।

कोरोना भाइरसको महामारीमा लकडाउनको कारण घर मै बस्ने बाध्यतालाई ध्यानमा राखी फोनबाटैे ग्राहकको गुनासाहरु  बुझन र सम्बोधनको लागि सहायता केन्द्र संचालनमा ल्याईएको प्रादेशिक प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनु भएको छ ।

कोरोना भाइरसको महामारीमा सरकारले लकडाउन गरेपछि घरभित्रैबाट गुनासो राख्न सकुन  भनेर ग्राहक सहायताकेन्द्र संचालनमा ल्याएको उहाले जानकारी दिनु  भयो ।

बैंकले प्रादेशिक कार्यालयका साथै  प्रदेश २ को पाच स्थानमा सहायताकेन्द्र संचालनमा ल्याएको छ।

error: Content is protected !!