‘लकडाउन’को चौथो दिन : वीरगञ्ज सुनसान, केही बेर तरकारी बजार खुल्ला

वीरगञ्ज – कोरोना भाईरस संक्रमण रोकथामको लागी सरकारले लगाएको एकसाता लकडाउनको चौथो दिन पनी बीरगञ्ज आसपास सुनसान देखिएको छ ।

विश्व भरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध सरकारले कडा निर्णय गर्दै आम नागरिकलाई घर मै सुरक्षित बस्न आग्रह समेत गरेको छ ।

लकडाउनको चौथो दिन शुक्रबार दैनिक उपभोग्यका वस्तु किनमेल गर्नका लागि केही बेरका लागि वीरगञ्ज आसपासका बजारहरु खुल्ला गरिएको थियो।

करिब ३ दिनको पुर्ण बन्द पश्चात शुक्रबार ४ घण्टाको लागी बजार खोलिँदा बजारमा सर्वसाधारणको अत्याधिक भिड देखिएको थियो ।

आज चौथो दिनको निरन्तर भएको लकडाउनले दैनिक उपभोग्य वस्तुहरुको कमी भएकाले बजारहरू खुल्ला गर्न माग गरिएको थियो ।

शुक्रबार बजार खुल्ला गरिएपछि बजार अनुगमनका लागि पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त बीरगञ्जको मिना बजार पुगेर अवस्था बारे जानकारी लिएकी थिईन।

किनमेलका लागी बजारमा सर्वसाधारणको भिड बढी हुन थालेकोले व्यवस्थित गर्न सकिएन भने शनिबारबाट बजार बन्द गर्न सकिने बताईन ।

यदी बजारहरू व्यवस्थित तवरले लागे केही घण्टा दैनिक रूपमा खोल्न सकिने बताईएको छ ।

error: Content is protected !!