छिपहरमाइले गापा अध्यक्ष चढ्ने गाडी र एम्बुलेन्स २४ औ घण्टा निशुल्क सेवा दिने : अध्यक्ष गुप्ता

राजन बानिया, पोखरिया १३ चैत्र। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागी जनचेतना मुल्क संदेश, कलाबजारी, सरसफाइ, माक्स बितरण सम्बन्धी र ब्यवस्थापनको बिषयमा अाज पर्साको छिपहरमाई गाउँपालिकाको कार्यालयमा बसी बिभिन्न बिषयहरुमा छलफल गरिएको छ।

छिपहरमाई गाउँपालिकाको भिसवा बाजारमा किराना पसलहरु प्रतेक दिन बेलुका २ घन्टा खाेलिने निर्णय गरिएको छ।

खद्यान बस्तुहरुको आपूर्ति तिनवटा काउन्टर स्थापना गरि सुलभ मुल्यमा बिक्री बितरण गराउने, सिमावर्ती नाकाहरुमा बिशेष निगरानी बढाउने र अगामी दिनका लागि खद्यानको ब्यवस्थापन तथा भण्डारण यस गाउँपालिकामा गरिने गाउपालिका अध्यक्ष मनोज गुप्ताले बताए ।

छिपहरमाई गाउँपालिकाको प्रतेक टाेल-टोलमा गाउँपालिका प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरि रोगी पता लगाउने र रोगी पहिचान गरि स्वास्थ्य संस्थामा पुर्याउने र छिपहरमाई गाउँपालिकामा कुनै यस्ता ज्वरो, खोकी जस्ता रोगी फेला परेमा २४ घन्टा एम्बुलेन्स तथा गाउँपालिकाकाे निजी गाडी सेवाकाे लागी निःशुल्क सेवा उपलब्ध गराउने अध्यक्ष गुप्ताले जानकारी दिए।

साबुन पानीले हाथ धुने, सरसफाइमा ध्यान दिने, माक्स लगाएर बस्ने, भिडभाडमा नजाने, घरमा सुरक्षित बस्ने भनी जनचेतनामुलक कार्यक्रम गाउँपालिकाको प्रत्येक वडाहरुमा प्रत्येक दिन गरिने छ ।

प्रत्येक वडामा माक्सको बितरण कार्यक्रमहरु जारी राखिने छ ।

गाउँपालिकामा खाना तथा औषधीको अभाव भएमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको मोबाइल ९८५५०३६०८४, ९८२१८१८९७४०, ९८४५२६००५३ नम्बरमा सम्पर्क गर्न तथा वडा अध्यक्षहरूको मोबाइल नम्बर ९८१११८९७४०, ९८०४२३१९२७, ९८११८५९०५८, ९८२५२२५७५४, ९८२१८७४३९७ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिए ।

कोरोना भाईरसबाट बचन र बचाउनको लागि नेपाल सरकारले नेपाल लँकडाउन गरेकोमा समपुर्ण नागरिकरुलाई घरमा बसी दिन अाग्रह समेत गरेका छन।

अाफ्नो सुरक्षा, अाफ्नो परिवार र समाजको सुरक्षाको लागि घरभित्र बसिदिन साथै घरबाहिर नजान अाग्रह समेत गरेका छन।

अध्यक्ष गुप्ताले अाज गाउँ-गाउँमा गइ जनताहरु संग भेटी साबुन पानीले हाथधुन, माक्स लगाउन, घरबाट बाहिर नजान अाग्रह समेत गर्दै अाफ्नो सुरक्षा अाफै गर्नु र अरुलाई बचाउन माईकिंग र पम्लेट बितरण गरेका छन।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!